काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ८ प्रकारका जटिल रोगको उपचार खर्च दोब्बर गरी २ लाख पुर्याउने घोषणा गरेका छन्। साउन १ गतेदेखि लागु हुने यो व्यवस्थाबाट क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमर रोगी लाभान्वित हुनेछन्।
स्वास्थ्य बीमा बोर्डको बैठकले यो निर्णय पारित गरिसकेको छ। साथै, मन्त्री पौडेलले बीमा कोषको आम्दानी बढाउन संघीय अस्पतालको आम्दानीको १५ कोषमा पठाउने, वैदेशिक रोजगारमा गएकालाई पनि आबद्ध गराउने लगायतका नीतिगत निर्णय गरेका छन्। अनियमितता नियन्त्रण र निगरानी सुधारका लागि बोर्डले आवश्यक कदम चालिरहेको छ।











प्रतिक्रिया