काठमाडौं ।
रसुवा जिल्लास्थित नेपाल–चीन सिमानामा पर्ने लेन्दे खोलामा आषाढ २४ गते आएको बाढीका कारण हालसम्म २० जना बेपत्ता भएका छन्। बेपत्ता मध्ये नेपाल प्रहरीले ३ जना, नेपाली कामदार ६ जना, ड्राइभर ५ जना र चिनियाँ नागरिक ६ जना रहेका छन्। साथै पाँचवटा अपरिचित शव र शरीरका भागहरू फेला परेका छन्।
सम्पर्क विहीन रहेका व्यक्तिहरूको खोज र उद्धार कार्य तीव्र पार्न नेपाली सेना श्रीनाथ गणको टोली गोसाईंकुण्ड गाउँपालिका ५ चिलिमे हाइड्रोपावर र रोंगापुल क्षेत्रमा खटिएको छ। साथै, टिमुरे–स्याफ्रुबेसी सडकखण्डमा गएको पहिरो हटाउने कार्यसमेत तीव्र रूपमा चलिरहेको छ।












प्रतिक्रिया