खहरे खोलाको लेदो हटाउँदै बीपी राजमार्ग सुचारु


काठमाडौं ।

काभ्रेको रोशी गाउँपालिका अन्तर्गत खहरे खोलाबाट आएको लेदोका कारण अवरुद्ध भएको बीपी राजमार्ग सुचारु भएको छ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीका अनुसार पिन्थलीबेशी, फेदीखोला र चारसय बेशी क्षेत्रमा आएको लेदो पन्छाएपछि मंगलबार राति १ बजेदेखि बन्द भएको सडक सञ्चालनमा आएको हो।

सडक विभाग, स्थानीय पालिका र प्रहरीले समन्वय गरेर लेदो हटाएका थिए। अवरुद्ध राजमार्गका कारण रोकिएका सवारीहरूलाई काभ्रेभञ्ज्याङ, भकुण्डे र खुर्कोट क्षेत्रमा होल्ड गरिएको थियो।