काठमाडौं ।
मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासीको बर्दघाट क्षेत्र डुबानमा परेको छ। बर्दघाट नगरपालिका वडा नम्बर १० र ११ का ध्रुव टोल, लण्डन ब्रिज, भुताहा, पानीट्यांकी, बेलटाँडी, मौराहा टाँडी लगायतका बस्ती जलमग्न बनेका छन्।
घरभित्रै पानी पसेर खाद्यान्न, लत्ता–कपडा र गोठका पशुहरू प्रभावित भएका छन्। उद्योग, गोदाम र पसलहरूमा पनि क्षति पुगेको छ।
स्थानीय नाला र खोलाहरू अवरुद्ध हुँदा पानीको निकास नपाएर डुबान भएको हो। अल्हाल खोला र भुताहाबाट बग्ने खोलाहरूको बहाव परिवर्तन तथा निर्माणाधीन पूर्व–पश्चिम राजमार्गको उचाइले पानी थुनिएको वडा सदस्य ऋषि पराजुलीले जानकारी दिए।
डुबानले खेत र भित्री सडकहरूमा तीन फिटसम्म पानी जमेको छ भने धानबाली पनि नष्ट भएको छ।











प्रतिक्रिया