काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकलाई बुधबारको प्रतिनिधि सभाको कार्यसूचीबाट हटाउन माग गरेका छन्। उनले गृहकार्य बिना विधेयक पारित गर्न लागिएको भन्दै आपत्ति जनाउँदै समितिमा पठाउन वा पूर्व सहमति जुटाउनुपर्ने बताएका छन्।
महामन्त्रीद्वय गगन थापा र शर्माले हदबन्दीभन्दा बढी जग्गा लिने चिया उद्योग लगायतका व्यवसायले घरजग्गा कारोबार गर्न नपाउने गरी संयुक्त संशोधन दर्ता गरेका छन्। उनीहरूले कृषि, स्वास्थ्य, शिक्षण संस्थाका नाममा छुट पाएको जग्गामा आवासीय विकास रोक्नुपर्ने बताएका छन्।
शर्माले विधेयकमाथि संसदीय समितिमा विस्तृत छलफल आवश्यक रहेको बताउँदै संशोधन प्रस्ताव फिर्ता नहुने स्पष्ट पारेका छन्।











प्रतिक्रिया