मनसुनी सक्रिय, देशभर वर्षा र पहिरोको जोखिम


काठमाडौँ ।

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा आज भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अन्य प्रदेशका पहाडी तथा केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम वर्षासहित हिमपात पनि हुन सक्ने पूर्वानुमान छ।

भारी वर्षाका कारण बाढी, पहिरो र भूक्षयको जोखिम रहेकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।