मेलम्ची क्षेत्रमा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह


काठमाडौँ ।

सिन्धुपाल्चोकको धाप, गोब्रे र मनेखार्क वर्षामापन केन्द्रमा बुधबार बिहान मध्यम वर्षा मापन गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मेलम्ची र इन्द्रावती नदीमा पानीको बहाव बढ्ने सम्भावना भएकाले मेलम्ची बजारसहित तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।