काठमाडौं ।
देशका विभिन्न स्थानमा व्यापक वर्षा जारी रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बागलुङ, मकवानपुर र सर्लाही जिल्लामा बाढी र पहिरोको जोखिम बढेको विभागले जनाएको छ।
गलकोट (बागलुङ) क्षेत्रमा भारी वर्षा भएपछि साना खोलामा आकस्मिक बहावको खतरा देखिएको छ। मकवानपुरको जुरेलीबजारमा लालबकैया खोलाको जल सतह सतर्कता तह नजिक पुगेको छ। सर्लाहीका पत्थरकोट र परवानीपुरमा मध्यम वर्षा भएको र थप वर्षा हुने सम्भावनासहित डुबानको जोखिम रहेको विभागले जनाएको छ।
विभागले जोखिमयुक्त क्षेत्रका स्थानीयवासीहरूलाई विशेष सावधानी अपनाउन, पहिरो र डुबानबाट जोगिन आवश्यक तयारी गर्न अनुरोध गरेको छ।











प्रतिक्रिया