कम्पनी रजिस्ट्रारको सर्भर एक सातादेखि डाउन, सेवाग्राही मारमा

10.34k
Shares

काठमाडाै ।

कम्पनी रजिस्ट्रारको कार्यालयको अनलाइन सर्भर एक सातादेखि पूर्ण रूपमा डाउन हुँदा हजारौं सेवाग्राही प्रभावित भएका छन्।

नयाँ ‘क्यामिस’ सिस्टम लागू गरेपछि निरन्तर समस्या आइरहेको छ भने पुरानो ‘एप्लिकेसन डट ओसीआर’ प्रणालीमा फर्कन पनि सकेको छैन। आर्थिक वर्षको अन्त्यमा आवश्यक कागजात पेश गर्न नसक्दा सेवाग्राहीहरू हैरान भएका छन्।

समस्या समाधान नगरी कम्पनी रजिस्ट्रार ईश्वरकुमार गिरी चीन भ्रमणमा निस्किएका छन् भने कर्मचारीहरूले समस्या समाधान गर्न सकस भोगिरहेका छन्। 

सर्भर बनाउनकै लागि भनेर कार्यालयले डेभलपर भनेर छुट्टै कर्मचारी नियुक्त गरे पनि सर्भर दिनभरि पटक–पटक बन्द हुने स्थिति कायमै छ ।