प्रधानमन्त्री ओली रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली रसुवामा बाढी पहिरोले पुर्‍याएको क्षतिको अवलोकन गर्न त्यसतर्फ जाने भएका छन् । मंगलबार बिहान अकस्मात बाढी आएको रसुवाको क्षतिग्रस्त ठाउँको अवलोकन गर्न प्रधानमन्त्री ओली सहित गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल जाने भएका हुन् ।

दुई वटा हेलिकोप्टरबाट क्षतिग्रस्त क्षेत्रमा प्रधानमन्त्री ओलीसहितको टोली जान लागेको बालुवाटार स्रोतले जनाएको छ।

यस्तै बाढीग्रस्त क्षेत्रमा तीन वटै सुरक्षा निकाय प्रमुख नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दीपक थापा र सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल पनि बाढीग्रस्त क्षेत्रमा जान लागेको बताईएको छ।