रसुवा बाढी : बेपत्ता भएका १८ जनाको पहिचान खुल्यो (नामावलीसहित)


काठमाडौँ।

मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको आकस्मिक बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको छ। बेपत्ता हुनेमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन्।

यस्तै चिनियाँ नागरिकहरू यु युइ, ली हुवाछिन, याङ चुआन, यु हाइ हाङ, यु छिआओ छुइ र जोउ योङ बेपत्ता छन्।

त्यस्तै तीन जना गाडी चालक समेत छन्।

बर्दियाका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारू, लक्ष्मीनारायण थारू, सुरेश थारू, बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका फुर्वा लामा, गोविन्द मोक्तान र लोकमान तामाङ बेपत्ता छन्।
लामा, मोक्तान र तामाङ गाडी चालक हुन्।

रसुवाकै उत्तरगया गाउँपालिका-५ उत्तरगयाधामको खोला किनारमा दाहिने खुट्टा फेला परेको पनि प्रहरीले जनाएको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय कालिकास्थानबाट प्रहरीको टोली खटिएको छ।