बाढीले  रसुवागढी जलविद्युत आयोजनाको ड्याममा क्षति, कर्मचारीले भागेर ज्यान जोगाए 


रसुवा। 

मंगलबार बिहान ३:१५ बजे  चिनकाे भूभाग हुँदै रसुवागढी मा आएकाे बाढीका कारण रसुवागढी जलविद्युत आयोजनाको ड्याम मा ठुलो क्षति पुगेको छ ।

चिनमा परेकाे भिषण  पानिका कारण आएकाे बाढि ले रसुवागढी जलविद्युत आयोजनाको ड्याम क्षतविक्षेत भएसंगै त्यहाँ रहेका २३ कर्मचारी हरूले भागेर ज्यान जाेगाएका छन र उनिहरूकाे उद्वार गर्न प्रतिकुल माैसमका कारण उद्वार गर्न नसकिएको प्रहरीले जनाएको छ ।

साथै ईभि गाडीको चार्जिङ स्टेसनमा पनि ठुलै क्षति पुगेको छ ।चार्जिङ स्टेसनमा राखिएको ८ वटा गाडी समेत वगाएकाे छ र भन्सार याड समेत क्षति ग्रस्त रहेको छ।