फुटबल ब्राजिलको राष्ट्रिय पहिचान

1.97k
Shares

ब्राजिलमा सबैभन्दा लोकप्रिय खेल फुटबल हो । यसैले त्यहाँ फुटबललाई राष्ट्रिय खेलको सरह मान्यता प्राप्त रहेको छ । ब्राजिलले फिफा विश्वकप पनि ५ पटक जितेको छ । पुरुषतर्फको विश्वकप यति संख्यामा जित्ने ब्रजिली टोली मात्रै हो ।

केही तथ्यः

-ब्राजिलमा ७ हजार भन्दा बढी फुटबल क्लब दर्ता रहेको छ ।

-लाखौं बच्चाहरू एकेडेमीहरू र गल्लीहरूमा फुटबल खेल्छन् ।

-माराकाना रंगशालालाई फुटबलको मक्का पनि भनिन्छ ।

-सोही रंगशालामा सन् १९५० मा फिफा विश्वकप फाइनल खेलाइएको थियो ।

-सो फाइनल हेर्न माराकाना रंगशालामा २ लाख भन्दा बढी दर्शक उपस्थित भएको दाबी गरिएको छ ।

-यो संख्या कुनै पनि फुटबल खेलको कीर्तिमानसमेत हो ।

-ब्राजिली फुटबलरहरू विश्वका प्रायजसो लिगमा खेलिरहेका छन् ।

-२०२२ को तथ्यांकअनुसार १२ सय भन्दा व्यवसायिक ब्राजिली खेलाडीहरू विदेशी क्लबबाट खेलेका थिए ।

-विश्वकप आयोजना हुँदा खेल हेर्नैका लागि ब्राजिलमा सरकारी कार्यलयहरू र आधाभन्दा बढी स्कूलहरू बन्द गरिन्छ ।

-ब्राजिलमा फुटबल केवल खेल पनि होइन, यो रोजगारीको माध्यम पनि बनेको छ ।

-हजारौं व्यक्तिहरूले क्लब, रंगशाला र प्रसारणसँग संलग्न भएर रोजगारी पाएका हुन्छन् ।

-फिफाको एक सर्वेक्षणअनुसार ५० प्रतिशत भन्दा बढी ब्राजिली बच्चाहरू व्यवसायिक फुटबलर बन्ने सपना देख्छन् ।