धनुषा।
धनुषामा जनकपुरबाट जयनगरतर्फ गइरहेको रेलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । औरही गाउँपालिका-२ देउरी प्रवाहास्थित रेलको लिकमा ठक्कर लागेर ४५ वर्षीय बिनोद भन्ने गाठे साहको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको सोमबार मध्याह्न साढे १२ बजे रेलले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरी रेग्मीले जानकारी दिए। उनी लक्ष्मीनियाँ गाउँपालिका-२ का स्थानीय हुन्।
उनको शव पोस्टमर्टमका लागि प्रादेशिक अस्पताल पठाइएको छ।











प्रतिक्रिया