उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघाट बजारमा रहेको पुरानो हवाई फिल्डस्थित तरकारी बजारक्षेत्रबाट प्रहरीले एक जनालाई प्रतिबन्धित लागु औषध सहित पक्राउ गरेको छ ।
त्रियुगा नगरपालिका ११ अस्थाई प्रहरी पोस्ट तरकारीबजार गाईघाट उदयपुरबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो त्रियुगा न पा वडा नं. ११ पुरानो गाईघाट स्थितबाट १ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ र नेपाली नगद ३,४०० सहित सोही ठाउँ बस्ने वर्ष ३० को विनोद चौधरीलाई पक्राउ गरेको छ ।
पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखि थप अनुसन्धान भइरहेको जिल्ला प्रशरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया