एजेन्सी।
अमेरिकाको टेक्सास राज्यमा आएको विनाशकारी बाढीमा ज्यान गुमाउनेको संख्या ८१ पुगेको छ भने अझै ४१ जना बेपत्ता छन्।
सबैभन्दा बढी क्षति केर काउन्टीमा भएको हो, जहाँ नदी किनारमा रहेको बालिका शिविर ‘क्याम्प मिस्टिक’ डुबानमा परेपछि २८ बालबालिकासहित ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ। शिविरकै दस बालिका र एक सल्लाहकार अझै बेपत्ता छन्।
अन्य प्रभावित क्षेत्रहरूमा ट्राभिस काउन्टीमा ५, बर्नेटमा ३, विलियमसन र केन्डल काउन्टीमा २-२, र टम ग्रीन काउन्टीमा १ जनाको मृत्यु भएको बताइएको छ।
अधिकारीहरूका अनुसार खोज तथा उद्धार कार्य जारी छ, र मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। केर काउन्टीमै १० बालबालिकासहित २८ शव फेला पारिएको भए पनि पहिचान प्रक्रिया अझै सम्पन्न भइसकेको छैन।
अमेरिकी मौसम विभागले आगामी २४ देखि ४८ घण्टा भित्र थप आँधी–तूफान आउन सक्ने चेतावनी दिएकाले उद्धार कार्य प्रभावित हुने सम्भावना देखिएको छ।











प्रतिक्रिया