काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र शाह ७९औँ वर्षमा प्रवेश गरेका छन्। उनको जन्मदिन आज निर्मल निवासमा धूमधामले मनाइँदैछ। शाहको जन्म २००४ सालमा नारायणहिटी दरबारमा राजा महेन्द्र र रानी रत्नका दोस्रो सन्तानका रूपमा भएको थियो।
उनी दुईपटक राजा बनेका थिए—पहिलोपटक साढे तीन वर्षको उमेरमा वि.सं २००७ मा, दोस्रोपटक दरबार हत्याकाण्डपछि वि.सं। २०५८ मा कार्यकारी शासन सम्हालेपछि उनले आलोचना खेपे र २०६२\६३ को जनआन्दोलनपछि राजतन्त्र समाप्त भयो।
हाल उनी पूर्वराजाका रूपमा जीवन बिताइरहेका छन्। आजको जन्मदिनका अवसरमा निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको छ भने राप्रपाले यो दिनलाई आन्दोलनको रूपमा मनाइरहेको छ।











प्रतिक्रिया