ओखलढुङ्गा ।
ओखलढुङ्गाको मोलुङ गाउँपालिका ६ श्रीचौरमा भरुवा बन्दुक सहित एक जना परुष मृ,त अवस्थामा फेला परेका छन । मोलुङ गाउँपालिका वडा नम्बर ६ मंसिरे निवासी कर्णबहादुर तामाङको लास भरुवा बन्दुक सहित सोमवार बिहान जङ्गलमा फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक मनिस लुइँटेलले बताउनु भएको छ ।
घाँस काट्न गएका स्थानीयले शव देखे पछि प्रहरीलाई खबर गरेका थिए । मृतक तामाङ आइतबार बिहान देखी घरबाट हिँडेको पारिवारिक श्रोतको भनाई रहेको छ । खबर पाउन साथ प्रहरी चौकी श्रीचौरका प्रहरीहरू घटना स्थलमा पुगेका छन ।
थप अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक मनिस लुइँटेलकी टोली घटना स्थल तर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले बताएका छन ।











प्रतिक्रिया