काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा स्पेन भ्रमणबारे जानकारी दिने भएका छन्। सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार, प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने बैठकमा आफ्नो हालैको स्पेन भ्रमणका गतिविधिबारे जानकारी गराउने छन्।
विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली एक साता लामो भ्रमणमा स्पेन गएका थिए। भ्रमणका क्रममा उनले स्पेनका प्रधानमन्त्री तथा संयुक्त राष्ट्रसंघका महासचिवसँग भेटवार्ता गरेका थिए।











प्रतिक्रिया