द्वन्द्वका छिटामा बाछिटा


सत्य घटनामा आधारित फिल्म बाछिटा निर्माण भइरहेको छ।फिल्मको हाल सम्पादन कार्य अन्तिम चरणमा पुगेको छ। पर्फोमिङ आर्ट क्रियसनको ब्यानरमा निर्मित फिल्म कमल एक्चै मगरले निर्देशन गरेका हुन्। सामाजिक सञ्जालमा पोस्टर सार्वजनिक गर्दै सम्पादन कार्य अन्तिम चरणमा पुगेको निर्देशक मगरले जानकारी गराएका छन्।

फिल्मले सशस्त्र द्वन्द्वका छिटालाई चित्रण गर्ने निर्देशक मगरले जानकारी गराए। क्रिशला मगर कार्यकारी निर्माता रहेको फिल्ममा कथा र पटकथा लेखनको आरुष मगर, छायांकन संकल्प भुजेल, रंग संयोजन राजेन्द्र मोक्तान र दृश्य सम्पादन निर्देशक मगर स्वयको रहनेछ। फिल्ममा सुशीला थापा, सुनिता गाहा मगर, अमृत काउचा मगर, विकल लामा, मिना पूर्णिमालगायतले अभिनय गरेका छन्।