बल्छी धुर्वेका रूपमा लोकप्रियता कमाएका हास्य कलाकार मरिचमान श्रेष्ठ अब गोबर गणेशका रूपमा देखिने भएका छन्।
उनले गोबर गणेश नामक फिल्म निर्माणको घोषणा गरेका छन्। फिल्मको निर्देशन मरिचमानले नै गर्नेछन्। बल्छी धुर्वे फिल्म्स्को ब्यानरमा निर्माण हुने फिल्म आगामी माघ १ गते रिलिजमा ल्याइने घोषणासमेत गरिएको छ। फिल्ममा वर्षा सिवाकोटी मुख्य भूमिकामा रहनेछिन् भने पदम तामाङ, सन्तोष बानिया, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पूजन घिमिरे (पुकु) लगायतका कलाकारले अभिनय गर्नेछन्।
मरिचमानले टेलिफिल्मबाट ठूलो पर्दामा उक्लिने क्रममा गोबर गणेश निमाण गर्न लागेका हुन्। लोकप्रिय हास्य टेलिसिरियल मेरी बास्सैको बल्छी धुर्वे पात्रबाट लोकप्रियता कमाएका उनी पछि आफै“ टेलिफिल्म निर्देशनमा आएका थिए। उनका हल्का रमाइलो र जुठे दर्शकमाझ लोकप्रिय छन्। “हामी कलाकार र प्राविधिकको नाम विस्तारै सार्वजनिक गर्दै जानेछौ“। ‘हामी हसाउन आउने हो। गोबर गणेश कमेडीको जगमा आउनेछ’ मरिचमानले जानकारी गराए।











प्रतिक्रिया