आजको बैठकमा ‘औद्योगिक सम्पत्ति’ र ‘खेलकुद’ विधेयक पेस हुँदै


काठमाडौं ।

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ लगायत पाँच विधेयक टेबुल गरिने कार्यसूची छ।

बैठकमा ‘विनियोजन’, ‘आर्थिक’ र ‘राष्ट्र ऋण उठाउने’ विधेयक (२०८२) राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित पेस गरिनेछ। उद्योगमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्ति विधेयक’ र खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक’ पेश गर्ने सम्भावना छ।

यसका साथै महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन र कृषि तथा सहकारी समितिको वार्षिक प्रतिवेदन पनि टेबुल हुने कार्यसूचीमा छ।