घाँसले छोपेर १६८ किलो गाँजा


हेटौंडा ।

मकवानपुर प्रहरीले १ सय ६८ किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका–९, ठूलोबारि बस्ने वर्ष ५५ का अर्जुन रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार ३ः३० बजे रुम्बालाई उनको घरअगाडि बसिरहेको अवस्थामा फेला पारेर शरीर तथा गोठसमेत खानतलासी गर्ने क्रममा गोठभित्र घाँस र स्याउलाले छोपी लुकाइराखेको अवस्थामा १ सय ६८ किलो ३० ग्राम लागुऔषध गाँजा फेला परेको हो ।

उक्त लागुऔषध बरामद गरी रुम्बालाई नियन्त्रणमा लिइ लागुऔषध गाँजा मुद्धामा मकवानपुर जिल्ला अदालतबाट ७ दिन म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।