पूर्वराष्ट्रपति भण्डारी र मेयर साहबीच भेट


 काठमाडौँ । 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएको छ । मेयर साह र उपमेयर डंगोलबीच पानी बाराबारको अवस्थामा मेयर साहले पूर्वराष्ट्रपति भण्डारीसँग भेट गरेका हुन् । 

  बिहीबार दिउँसो एमाले नेता कृष्णगोपाल श्रेष्ठले पूर्वराष्ट्रपति भण्डारीसँग  भण्डारीको निवासमै भेट गराएका हुन्  । स्रोतका अनुसार मेयर साहले कामपाको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए । पूर्वराष्ट्रपति भण्डारीसँग भएको भेटलाई एमालेवृतमा महत्वकासाथ हेरिएको छ ।