ललितपुर ।
बगलामुखी भजन मण्डलले दान पेटिकाबाट ३ लाख ३२ हजार रुपियाँ संकलन गरेको छ । भजन मण्डल परिवार , नेपाल प्रहरी बंगलामुखी पोष्टमा कार्यरत प्रहरी, सथानीय जनप्रतिनिधिको रोहबरमा सो दान पेटिका खोलेको हो । उक्त दान पेटिका भजन मण्डल र सांस्कृतिक केन्द्र परिसरमा खोलिएको थियो । भजन मण्डलका अध्यक्ष सुरेश खड्गीले सर्वसम्मत निर्णय गरी दानपेटिका खोलेर जम्मा भएको रकम संस्थाको नाममा रहेको नेपाल बैक लिमिटेड गाःबहालमा जम्मा भएको छ ।
भजनमण्डल समितिले सो दान पेटिका गएको साउन १८ गते स्थापना गरेको थियो । ठिक एकवर्षम खोल्दा ३ लाख ३२ हजार रुपियाँ भेटिवापत संकलन भएको अध्यक्ष खड्गीले जानकारी दिए । उक्त रकम समितिको निर्णय अनुसार नियमित भजन संचालन, मठमन्दीर मर्मत, सररफाई , तलब लगायत शीर्षकमा खर्च गरिने जानकारी समितिले दिएको छ ।

संस्थाका कोषाध्यक्ष मुकेश खड्गीले सबै सरोकारवाला निकायको उपस्थितिमा पारदर्शी रुपमा दान पेटिका खोलेको जानकारी दिए । दानपेटिका खोल्नुअघि बडाअध्यक्ष अरोजकुमार खड्गीलाई समेत जानकारी गराइएको थियो । सो मन्दिर वडा नम्बर ११ भित्र पर्छ । वडा अध्यक्ष खड्गीले सबै धर्माबलम्बीको सेवाभावले दिएको दानवापतको रकम सार्वजनिक गरी समितिले पुण्य काम गरेको बताए ।
दान पेटीकामा एक हजारका ३९ हजार , ५ सयका २५ हजार , एक सयको ९० हजार, ५० को ५५ हजार, २०को ५० हजार , १०को ४२ हजार, ५ को २९ हजार ५ सय र एक र दुई रुपियाँका १ हजार ५ सय रुपिया संकलन भएको थियो । वडावासीको समेत रोहबरमा दानपेटीका खोल्दा सबै खुसी भएका थिए । १७ गते सम्पन्न बैठकले नित्य भजन तथा मन्दिर सररफाईको निम्ति भैरहेको ब्यानर कम गर्ने,भौतिक विकास र मन्दिर परिसर व्यवस्थापन गर्न रकम विनीयोजन गर्ने निर्णय गरेको छ ।
बैठकले गरेको निर्णय अनुसार दानपेटिका खोलेको अध्यक्ष खड्गीको भनाई छ । उनले टोलवासीको नाममा केही अबुझले एकलौटी रुपमा दानपेटिका खोलेर रकम हिनामिना गरेको आरोप लगाएका छन् । अध्यक्ष खड्गीले आरोपको खण्डन गर्दै सबै को सहमतिमा भएको निर्णयलाई एकाधले विरोध गर्नुको कुनै तुक नभएको बताए । भने–हामीले हालसम्म कस्तो विकास गरेका छौ, मन्दीरक्षेत्र अवलोकान गर्न आग्रह गर्दै विरोध गर्नेलाई भने–काम गरेको देख्न् नसकेर विरोध गर्दै अघि बढेका छन् । उनले नित्य भजन गर्न, पंचवली, तलब ,सररफाई लगायतको शीर्षकमा बजेट अपुग हुने गरेको समेत बताए । उनले सबैको सहयोगले गर्दा नियमित भजन हुने गरेको बताउँदै सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गरे ।














प्रतिक्रिया