काठमाडौं ।
दाङको लमही नगरपालिकाबाट प्रहरीले दुर्लभ वन्यजन्तु पाटे बाघको छालासहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजपुर गाउँपालिकाका केशवराज सेन ठकुरी, विक्रम बुढामगर र बर्दियाका बनिल थारु रहेका छन्।
गोप्य सूचनाका आधारमा लमही वडा प्रहरी कार्यालयको टोलीले आइतबार बिहान विक्रम बुढामगरको घरमा छापा मार्दा प्लास्टिकको झोलाभित्र लुकाइएको ९ फिट २ इञ्च लामो बाघको छाला बरामद गरेको हो। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।











प्रतिक्रिया