काठमाडौं ।
नक्कली नोट कारोबारमा सजाय काटेर छुटेका युनुस अन्सारीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा फेरि पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) का अनुसार अन्सारीलाई न्यायाधीश बलराम लम्सालको इजलासमा थुनछेक बयानका लागि उपस्थित गराइएको हो।
प्रहरीले उनीविरुद्ध ९ करोड ९ लाख रुपैयाँभन्दा बढीको बिगो कायम गर्दै अनुसन्धान प्रतिवेदन पेस गरेको छ। अन्सारी १० जेठमा कारागारबाट छुटेका थिए। उनले त्रिभुवन विमानस्थलमा सन् २०१९ मा ७ करोड ७६ लाख नक्कली भारतीय नोटसहित पक्राउ परेपछि ६ वर्ष कैद भुक्तान गरेका थिए।











प्रतिक्रिया