काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी छ। गत सोमबारदेखि सुरु भएको बैठकमा क्रियाशील सदस्यता नवीकरण, भ्रातृ संस्थाहरूको महाधिवेशन तथा म्याद थपबारे छलफल भइरहेको छ।
केन्द्रीय सदस्यहरूले पार्टीको सरकारमा भूमिका कमजोर भएको र नेतृत्वकै कारण भ्रातृ संस्थाको अधिवेशन हुन नसकेको गुनासो गरेका छन्।
महाधिवेशन समयमै गर्नुपर्ने माग पनि तीव्र रूपमा उठेको छ। धारणा राख्ने क्रम आज पनि जारी रहनेछ भने सभापति शेरबहादुर देउवाले सदस्यहरूको धारणापछि जवाफ दिने कार्यक्रम छ।











प्रतिक्रिया