काठमाडौं ।
अनिश्चितकालका लागि स्थगित भएको मधेश प्रदेशसभा बैठक आज आइतबार दिउँसो १ बजे बस्ने भएको छ। प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै बैठक बस्ने जानकारी दिएको हो।
आजको बैठकमा आर्थिक वर्ष २०८२\०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल हुने बताइएको छ। असार १ गते बजेट प्रस्तुत भएपछिको असार १२ गतेको बैठक स्थगित भएपछि आज बैठक बस्न लागेको हो।
जनमत पार्टीभित्रको असन्तुष्टि र रेडबुकसम्बन्धी विवादका कारण बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।











प्रतिक्रिया