काठमाडौँ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारबाट बाहिरिने निर्णय गरेको छ। पार्टीको आज बसेको बैठकले केपी ओली नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको तर्फबाट मन्त्री बनेकाले भोलि राजीनामा बुझाउने जानकारी दिइन् ।
गठबन्धन सरकारमा नाउपाबाट सांसद अरुण चौधरी संघीय सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाको तर्फबाट उद्योग पर्यटन वन तथा वातावरणमन्त्री भएका रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपा चिढिएको थियो ।
सुदूरपश्चिम प्रदेशमा शुक्रबार समर्थन फिर्ता लिएको नाउपाले आज सङ्घ सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिएको हो ।











प्रतिक्रिया