काठमाडौं ।
अविरल वर्षाका कारण देशभरका विभिन्न सडकहरू अवरुद्ध भएका छन्। सडक विभागका अनुसार शनिबार बिहानदेखि अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। विशेषगरी धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्डमा सडक क्षति भएका कारण यातायात सञ्चालन हुन सकेको छैन। मर्मत तथा फिलिङ गर्ने कार्य भइरहे पनि तातोपानी नाका हुँदै चीनतर्फको यातायात ठप्प भएको छ।
यसैगरी, बागलुङको निसीखोला–७ स्थित भूमिथान खोलामा आएको बाढीले सडक अवरुद्ध हुँदा कक्रहवा (भारत सीमा)रुद्रपुर, सालझण्डी–सन्धिखर्क–देवीस्थान र बूर्तीवाङ–ढोरपाटन सडक खण्डमा पनि सवारी आवागमन ठप्प भएको छ।
देशका विभिन्न ६७ स्थानमा पहिरो जाँदा सडकहरू एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेका छन्। यसले यात्रुहरूलाई ठूलो सास्ती परेको छ भने, यातायात व्यवस्थापनमा समेत चुनौती थपिएको विभागले जनाएको छ। यद्यपि, अवरुद्ध सडकहरू खुलाउने प्रयास निरन्तर रूपमा जारी रहेको विभागको भनाइ छ।











प्रतिक्रिया