बनेपा–च्यामासिङ सडकको पुल भाँचिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध


काठमाडौं ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-४ र १ को सीमास्थलमा रहेको पुरानो पुल शुक्रबार राति भाँचिएपछि बनेपा–च्यामासिङ सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

भक्तपुरको च्यामासिङ र काभ्रेको नाला जोड्ने उक्त सडक राजधानी काठमाडौं आउजाउ गर्ने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो। पुल २०३७ सालमा निर्माण भएको हो। शनिबार बिहान मालबाहक गाडी पार गरेपछि पुल भाँचिएको स्थानीय शान्तलाल श्रेष्ठले जानकारी दिएका छन्।

हाल सडक अवरुद्ध भएपछि काठमाडौं आउजाने सवारी पूर्ण रूपमा रोकिएको छ। अरनिको राजमार्गको विस्तार भइरहेकाले वैकल्पिक मार्गको रूपमा प्रयोग हुँदै आएको यो सडक बन्द भएपछि यातायातमा थप समस्या भएको छ। जिल्ला ट्राफिक कार्यालय बनेपाले भक्तपुरबाट उक्त सडकमा सवारी नपठाउन आग्रह गरेको छ।