काठमाडौं ।
नेपाली कांग्रेसको नेतृत्व अहिले निर्णायक मोडमा पुगेको छ। करिब एक दशक पार्टी सभापति रहेका शेरबहादुर देउवाको युग विधानतः अन्त्यतिर उन्मुख छ, र नयाँ नेतृत्वको खोजी तीव्र भएको छ। पार्टीको आगामी महाधिवेशन निर्धारित समयमै सम्भव देखिँदैन, भने संगठनभित्रको अन्योल गहिरिँदै गएको छ।
यसैबीच डा. शेखर कोइरालाको नाम सम्भावित सभापतिका रूपमा अघि बढेको छ। १४औं महाधिवेशनमा पराजयपछि पनि उनले संगठन सुदृढीकरणमा निरन्तर सक्रियता देखाउँदै कार्यकर्तामाझ सशक्त उपस्थिति जनाएका छन्।
शेखरको संयमित नेतृत्वशैली, स्पष्ट विचारधारा, र कार्यकर्तासँगको प्रत्यक्ष सम्पर्कले उनलाई नयाँ युगका लागि उपयुक्त नेताका रूपमा स्थापित गराएको छ। अबको नेतृत्वले कांग्रेसलाई विचार, अनुशासन र जनसम्पर्कमा पुनः सशक्त बनाउनुपर्ने आवश्यकता छ—जसका लागि शेखर कोइराला सम्भावनाभन्दा बढी आवश्यकताको पात्र बन्दै गएका छन्।











प्रतिक्रिया