काठमाडौँ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)को आज बसेको संसदीय दलको बैठकले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। । प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले केन्द्रको निर्णय अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए ।
सुदूरपश्चिम प्रदेश सरकारले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरिएपछि नाउपाले आकस्मिक संसदीय दलको बैठक बोलाएको थियो ।
उक्त बैठकको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
पावर टिलर वितरणमा चलखेल गरेको आरोप लागेपछि बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले मन्त्री चौधरीलाई बर्खास्त गरेका थिए । त्यसबारे टिप्पणी गर्दै नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले नाउपा संघ, प्रदेश सबैतिर प्रतिपक्षमा बस्ने बताइसकेकी छन् ।











प्रतिक्रिया