काठमाडौं ।
नागरिक उन्मुक्ति पार्टीले आज औपचारिक रूपमा संघ र सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठका अनुसार मन्त्री रामेश्वर चौधरीलाई कुनै छलफल नगरी बर्खास्त गरिएको घटनापछि पार्टी यस्तो निर्णयमा पुगेको हो।
चौधरीमाथि बजेट निर्माणमा वित्तीय अनुशासन नदेखाएको र खप्तड पर्यटन विकास समितिमा जानकारीबिना नियुक्ति गरेको आरोप लागेका थिए। यद्यपि समर्थन फिर्ता लिएपनि संघीय तथा प्रदेश सरकारहरू अल्पमतमा पर्ने अवस्था छैन।











प्रतिक्रिया