मेराविरुद्ध बोल्ने पार्टीका नेताहरुसँग व्यक्तिगत हिसाबले लडाइँ लड्छु : रामकुमारी झाँक्री


काठमाडौँ।

नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले आफूविरुद्ध बोल्ने पार्टीका नेताहरुविरुद्ध व्यक्तिगत हिसाबले लडाइँ लड्ने चेतावनी दिएकी छन्।

अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, सचिव सोमप्रसाद पाण्डेलगायत नेताहरूले कारबाही गर्नुपर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

त्यसबारे पार्टी सचिवालय बैठकमा जवाफ दिन पुगेकी झाँक्रीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भनिन्, ‘पार्टीका धेरै ठुला नेताहरू, शक्तिशाली नेताहरू मिडिया, सोसल मिडियामामा गएर विविध कुरा बोलिराख्नु भएको छ, त्यो बोलेका विषयप्रति चाहिँ म व्यक्तिगत हिसाबले लडाइँ त लड्छु नै । राजनीतिक हिसाबले पनि प्रतिवाद गर्छु, तर मैले भनेको कुराको स्पष्टीकरण बैठकमै राख्छु ।’

उनले पार्टीको निर्देशनपछि आफूले कुनै प्रतिक्रिया नदिएको भएपनि नेताहरुले आफ्ना विरुद्ध अनेकन अविब्यक्ति दिएको बताइन्।