बर्दिबास मसाज सेन्टरबाट भारतीय युवकसहित दुई जना पक्राउ


काठमाडौं ।

महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित रोयल मसाज सेन्टरबाट प्रहरीले भारतीय युवकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी विकास बमको टोलीले मध्यराति छापा मार्दा भारतको सितामढी निवासी १९ वर्षीय अतुलकुमार साह र मसाज सेन्टर सञ्चालन जिम्मेवारीमा रहेकी धादिङकी ३१ वर्षीया मिना राना मगरलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बर्दिबासका होटल र मसाज सेन्टरमार्फत लागूऔषध कारोबार र अश्लील गतिविधि बढेपछि निगरानी तीव्र पारिएको छ। नियन्त्रणमा लिइएका दुवैलाई थप अनुसन्धानका लागि प्रहरी कार्यालयमा राखिएको छ।