छ महिनामै नयाँ पुल तयार, पूर्व–पश्चिम यातायात सहज


काठमाडौं ।

पूर्वी नवलपरासीको विनयी खोलामा भाँचिएको पुलको सट्टामा छ महिनामै २४५ मिटरको नयाँ पुल निर्माण सम्पन्न भएको छ। २०८१ पुस २६ गते भारतीय मालवाहक लरीको अत्यधिक भारका कारण भाँचिएको पुलको ठाउँमा बनेको नयाँ पुल आजदेखि सञ्चालनमा आएको हो।

पुल नहुँदा डाइभर्सनमार्ग जोखिमपूर्ण बनेको थियो, जहाँ ६ असारमा बाढीले यात्रुवाहक बस बगाएको थियो। नारायणघाट–बुटवल सडक आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएको यो पुलले अब पूर्व–पश्चिम राजमार्गको यातायात पुनः सहज बनाएको छ।