काठमाडौंमा मोटरसाइकल ठक्करबाट वृद्ध पैदलयात्रीको मृत्यु


काठमाडौं ।

काठमाडौंमा मोटरसाइकलको ठक्करबाट एक वृद्ध पैदलयात्रीको ज्यान गएको छ।गएराति करिब ८ बजे काठमाडौं महानगरपालिका–८, मनमैजुस्थित पेट्रोल पम्प अगाडिको सडकमा बा ७४ प ४००५ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका ७१ वर्षीय कुलबहादुर आचार्यलाई ठक्कर दिएको थियो।

टाउको र खुट्टामा गम्भीर चोट लागेका उनलाई ग्रान्डी अस्पताल लगिएको थियो, जहाँ राति ११:२० बजे उनको मृत्यु भएको हो।
मोटरसाइकल चालक २१ वर्षीय नवीन घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।