उदयपुर ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई खोटाङले जोन प्राविधिक एकाई उदयपुर अन्तर्गत चालु आर्थिक वर्षमा सञ्चालित अनुदान कार्यक्रमहरुको समीक्षा गर्ने उद्देश्यका साथ अन्तर्निकाय संयुक्त अनुगमन कार्यक्रम सम्पन्न गरेको छ ।
जोन प्राविधिक एकाई उदयपुर अन्तर्गत सुन्तलाजात फलफूलजाने,अदुवा÷बेसार जोन, बहुबाली जोन र बाख्रा जाने सक्रिय रुपमा सञ्चालनमा रहेको छ । चालु आ।ब।मा जोन प्राविधिक एकाई अन्तर्गत सञ्चालित जोनहरुमा कृषि यान्त्रिकीकरण सहयोग कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा मिनिटिलर,पावर टिलर,ट्र्याक्टरको अटेचमेन्टहरु, जसतै रोटाभेटर,रिपर,थ्रेसर किसानहरुलाई वितरण गरिएको परियोजना प्रमुख दिपेन्द्र मनोहर चौधरीले बताउनुभयो ।
परियोजना प्रमुख चौधरीका अनुसार यसरी नै विद्युतीय तराजु, स्प्रेयर,ब्रस कटर, चाफ कटर,१५ फिटको फोल्डेवल भर्याङ,मकै गोड्ने मेसिन,मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन,कम्बाइन मिल,बर्डिजो कास्ट्रेटर, तथा सिकेचर जता प्रविधिहरु किसानहरुलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ ।

यस्तै सिंचाई पूर्वाधार निर्माणतर्फ सिमेन्ट पोखरी निर्माण, कुलो निर्माण,बोरिङ, मोटर, डेलिभरी पाइप, पाइप सिंचाई,र इनार सिंचाईकालागि ५० प्रतिशतदेखि ८५ प्रतिशतसम्म अनुदान सहयोग उपलब्ध गराइएको परियोजना प्रमुख चौधरीको भनाई रहेको छ ।
बाख्रा जोन कार्यक्रमतर्फ ५० प्रतिशत अनुदानमा ५० वटा आधुनिक खोर किसानहरुले निर्माण गरेका छन् । पशु नश्ल सुधार कार्यक्रम अन्तर्गत उन्नत नश्लका बोका एवम् पाठीहरु किसानहरुलाई अनुदान सहयोगमा उपलब्ध गराउनुका साथै बाह्यपरजीवि नियन्त्रणकालागि डिपिङ्टैङ्क निर्माण तथा मौसमी बहुबर्षिय घाँस खेतीकालागि पनि अनुदान सहयोग गरिएको परियोजनाको जोन प्राविधिक एकाई उदयपुरका सम्पर्क व्यक्ति कृषि प्राविधिक उत्तम पोखरेलले बताए ।

जाने क्षेत्र बाहेक जिल्लास्तरमा सञ्चालित चक्लाबन्दीमा आधारित खेती मार्फत उत्पादन वृद्धिकालागि सहयोग कार्यक्रम अन्तर्गत ११६ हेक्टर क्षेत्रफलमा आलुखेती, अकबरे खोर्सानी खेती गरिएको छ । मकै तथा बेसारको व्यवसायिक खेतीकालागि बीऊ,सिंचाई, यान्त्रिकीकरण लगायत बाली संरक्षणकालागि ५० प्रतिशत अनुदान उपलब्ध गराइएको छ । करिब २७६ हेक्टर क्षेत्रफलमा सञ्चालन भएको चैते धान प्रवर्धन कार्यक्रमकालागि बीऊ, त्रिपाल उपलब्ध गरायएको छ । सिंचाई संरचना निर्माण तथा मर्मत सम्भार तथा यान्त्रिकीकरणकालागि ५० देखि ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराइएको जानकारी दिंदै परियोजना प्रमुख चौधरीले व्यवसायिक कृषकहरुको उत्पादन प्रक्रियासँग सम्बन्धित पक्षहरुमासुधार गर्दै उत्पादन लागतन्युनिकरण तथा बजारमा कृषकहरुको पहुँचवृद्धि गराएर प्रति इकाई मुनाफा वृद्धि गर्ने परियोजनाको उद्देश्य रहेको बताउनु भयो ।

जिल्ला समन्वय समिति उदयुरका प्रमुख गौर बहादुर विश्वकर्माको संयोजकत्वमा तथा उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलको समुपस्थितिमा आयोजित उक्त अनुगमन कार्यक्रममा, जिल्ला समन्वय अकिारी आशिष अर्याल,कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख योगेन्द्रप्रसाद यादव,भेटेरिनरी अस्पताल तथा पशुेवा विज्ञ केन्द्रका प्रमुख शुकराज लिम्बु, घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत दिनेश रेग्मी लगायतका जोन प्राविधिक एकाई उदयपुरका प्राविधिक कर्मचारीहरु, पत्रकार तुलसी कोइरालार माधव पोखरेल रहेका थिए ।











प्रतिक्रिया