कांग्रेसको केन्द्रीय समिति बैठक जारी, सरकार र बजेटप्रति आलोचना


काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि सानेपामा जारी छ। बैठकमा पार्टीको संगठन, आगामी महाधिवेशन, राजनीतिक परिस्थिति, बजेट र सरकारको कार्यशैलीबारे छलफल भइरहेको छ।

अधिकांश नेताहरूले सात बुँदे सहमति अनुसार काम नगरेको भन्दै ओली नेतृत्वको सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

साथै, पार्टी र भ्रातृ संगठनहरूको महाधिवेशन छिटो गर्नुपर्ने माग पनि उठाइएको छ।