काठमाडौं ।
आज प्रतिनिधिसभाका तीन संसदीय समितिका बैठक बस्दैछन्। बिहान ११ बजे अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ संशोधन विधेयकमाथि सदस्यहरूसँग छलफल हुनेछ।
सोही समयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्राधिकरण विधेयकमाथि विषय विज्ञहरूसँग प्रस्तुतीकरण र छलफल हुनेछ।
महिला तथा सामाजिक मामिला समितिको बैठकमा पनि विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ।











प्रतिक्रिया