काठमाडौँ।
सर्वोच्च अदालतको मध्यरातको फैसलाले संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्ति सदर गरेको छ । बुधबार मध्यरातमा सार्वजनिक गरिएको फैसलामा पाँच न्यायाधीशको इजलासबाट ३/२ को बहुमतले नियुक्ति सदर गरिएको हो।
तीन जना न्यायाधीशले नियुक्ति वैधानिक भएको ठहर गरे भने दुई जना असहमति जनाउँदै नियुक्ति बदर हुनुपर्ने मतमा थिए। बहुमतको मत निर्णायक बनेको हो। योसँगै ५२ पदाधिकारीको पद जोगिएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा २०७७ माघ र २०७८ असारमा विभिन्न संवैधानिक निकायमा नियुक्ति गरिएको थियो ।











प्रतिक्रिया