सवारी दुर्घटनामा तीन जनाको मृत्यु


काठमाडौं।

कपिलवस्तु, कपिलवस्तु नगरपालिका-११ जहदीस्थित सडकमा पचेहराबाट श्रीनगरतर्फ जाँदै गरेको लु.६ प १०९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-९ श्रीनगर बस्ने १७ वर्षीय लाले यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवल रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

लमजुङ, मध्यनेपाल नगरपालिका-४ तिलार चोकमा ग.१ त ७६३७ नम्बरको ट्याक्टर बुधबार बिहान दुर्घटना हुँदा चालक कास्की रूपा गाउँपालिका-३ पोल्याङ बस्ने बाग्लुङ काठेखोला गाउँपालिका-७ घर भएका १९ वर्षीय आयुसमान गुरूङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको दमौली अस्पताल तनहुँमा उपचारको क्रममा मृत्यु भएको हो ।

सल्यान, त्रिवेणी गाउँपालिका-३ कार्यबासस्थित सडकमा लुहामबाट काभ्रातर्फ जाँदै गरेको रा.१ त ४५४५ नम्बरको ट्याक्टरबाट खसेर सोही गाउँपालिका-३ बस्ने १६ वर्षीय कबिर रोकाको बुधबार दिउँसो मृत्यु भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।