काठमाडौं ।
नेपालमा गैरकानूनी रुपमा डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न चिनियाँ नागरिकहरूको सक्रियतासहितको गिरोह भण्डाफोर भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ले विशेष सूचनाका आधारमा ६ जना चिनियाँ नागरिकसहित ५२ जनालाई नियन्त्रणमा लिएको हो।
ललितपुर महानगरपालिका वडा नं। ४ वालिफलस्थित दमकल चोकमा रहेको एउटा घर र काठमाडौं महानगरपालिका १३ स्थित चागलमा सञ्चालनमा रहेका अवैध कल सेन्टर तथा मिटो डेटिङ एप को नाममा चलाइएको नेटवर्कबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कम्पनी खोलेर डेटिङ स्क्याम र क्रिप्टो कारोबार
सामाजिक सफ्टवेयर विकास कम्पनी प्रालि नामक कम्पनी दर्ता गरी उक्त गिरोहले सतहमा ुसफ्टवेयर कम्पनीु चलाएजस्तो देखाए पनि भित्री रुपमा डेटिङ एप मार्फत नेपाली युवतीहरूलाई प्रलोभनमा पारेर अनलाइन डेटिङ स्क्याम तथा अवैध क्रिप्टो कारोबारमा संलग्न रहेको खुलासा भएको छ।
प्रहरीका अनुसार, गिरोहले कल सेन्टर को स्वरुपमा कार्यरत नेपाली युवतीहरूमार्फत ग्राहकहरूलाई ुमिटो जस्ता डेटिङ एपहरूमा आकर्षक प्रोफाइलमार्फत ठगी गर्ने, त्यसपछि डिजिटल मुद्राको कारोबारमा फसाउने काम गर्दै आएको थियो।
पक्राउ पर्नेमा ६ जना चिनियाँ नागरिक मुख्य अभियुक्त
पक्राउ परेकामध्ये ६ जना मुख्य अभियुक्त चिनियाँ नागरिकहरू हुन्। उनीहरूमाथि अभौतिक मुद्रा सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरिएको छ भने बाँकी ४६ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चिनियाँ नागरिकहरूमा झाङ लुन,चेन जियाहाओ,लिन डे,जू झे, लिउ जेक्सुआन ,सु लिंगुआ रहेका छन ।
स्रोत नखुलेको नगद र इलेक्ट्रोनिक सामान बरामद
प्रहरीले उनीहरूको साथबाट स्रोत नखुलेको नगद रु।१३,९९,९५० बरामद गरेको छ। साथै, ७ थान ल्यापटप र ५४ थान मोबाइल सेटसमेत फेला परेको छ। यी डिजिटल उपकरणहरूमार्फत अनलाइन स्क्याम र क्रिप्टो लेनदेनमा प्रयोग भएको शंका गरिएको छ।
प्रहरीको चेतावनी र सर्वसाधारणमा अनुरोध
प्रहरीले यस्ता किसिमका गैरकानुनी गतिविधिमा कसैलाई पनि संलग्न नहुन स्पष्ट चेतावनी दिएको छ। साथै, यस्ता अवैध गतिविधिहरूका बारेमा कुनै पनि जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा केन्द्रीय अनुसन्धान ब्यूरोमा तत्काल जानकारी दिन अनुरोध गरेको छ।
प्रहरीको विज्ञप्तिमा भनिएको छ, ूगैरकानूनी कार्यहरूमा संलग्न हुने वा सहयोग गर्ने जोकोही पनि कानुनी कारबाहीको दायरामा आउने छन्। डिजिटल प्लेटफर्म प्रयोग गरेर हुने ठगी कार्यप्रति हामी पूर्ण सतर्क छौं।ू
नेपालमा चिनियाँ गिरोह सक्रियस् चुनौतीपूर्ण बन्यो अनुसन्धान
पछिल्लो समय नेपालमा चिनियाँ नागरिकहरूको संलग्नतामा चलाइने साइबर अपराध, ठगी र अनलाइन स्क्यामहरू बढ्दो छ। यसअघि पनि काठमाडौँ, भक्तपुर र पोखरामा क्रिप्टो र अनलाइन सट्टेबाजीमा संलग्न चिनियाँ गिरोहहरू पक्राउ परिसकेका छन्।
साइबर सुरक्षा विज्ञहरू भन्छन्, ूनेपालको नियमन प्रणाली कमजोर भएको कारण विदेशी नागरिकहरू यहाँ अपराधी प्रयोजनका लागि सफ्टवेयर कम्पनी वा आइटी सेवा कम्पनी खोल्ने बहानामा अवैध कारोबार गर्न सकिरहेका छन्।ू
यस पटकको कारबाहीले यस्ता अपराधमा संलग्न समूहहरूलाई कडा सन्देश दिएको छ भने नेपाल सरकारलाई साइबर निगरानी प्रणालीलाई अझ प्रभावकारी बनाउनु पर्ने आवश्यकता झनै स्पष्ट पारेको छ।











प्रतिक्रिया