कर्णाली विकास बैंक घोटाला प्रकरण : तत्कालीन अध्यक्ष मिश्र पक्राउ


काठमाडौँ।

कर्णाली विकास बैंक घोटाला प्रकरणमा तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले उनलाई बुधबार नेपालगञ्जबाट पक्राउ गरेको हो ।

सो बैंकमा साढे दुई अर्ब रकम हिनामिना भएको सीआइबीको निष्कर्ष छ। सोही प्रकरणमा प्रहरीले यसअघि बैंकका तत्कालीन संचालक राजेन्द्रवीर रायलाई पक्राउ गरिसकेको छ ।