सिन्धुलीको कमलामाई–२ मा सार्वजनिक सुनुवाइ सम्पन्न, सेवामा सुधारको प्रतिबद्धता


काठमाडौ ।

कमलामाई नगरपालिका–२ सिन्धुलीमा मंगलबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। नगर सेवाको गुणस्तर, पारदर्शिता र जवाफदेहितामाथि नागरिकसँग प्रत्यक्ष संवाद गर्न आयोजित कार्यक्रममा ढिलासुस्ती, सेवामा पारदर्शिताको अभाव, विकासमा राजनीतिक पहुँचजस्ता गुनासाहरू उठाइएका थिए ।

कार्यक्रम नगरप्रमुख उपेन्द्र पोखरेलको प्रमुख आतिथ्यता र वडाध्यक्ष इन्द्र वाइबाको अध्यक्षतामा सम्पन्न भएको थियो। गुनासाहरूको जवाफ सम्बन्धित शाखा प्रमुखहरूले दिएका थिए। नगरप्रमुख पोखरेलले गुनासालाई गम्भीरताका साथ लिएर सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा नगरकर्मी, वडाबासी, राजनीतिक दल, पत्रकार र सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो। सहजीकरण अंकपत्र मिडिया ग्रुपका प्रबन्धक पुष्कर थापाले गरेका थिए ।