काठमाडौंबाट पठाइएको चामल तिब्बत घुमेर हुम्ला पुग्दै


रसुवा।

काठमाडौंबाट पठाइएको खाद्यको चामल केरुङ नाकाबाट तिब्बतीका विभिन्न भूभाग हुँदै हुम्लासम्म पु¥याउने कार्यको शुरुवात भएको छ । रसुवा भन्सार कार्यालयका अनुसार हाल नेपाल खाद्य संस्थानले काठमाडौँबाट पठाएको ५ हजार ५ सय क्विन्टल चामल रसुवागढी नाकामा पुगेको छ । उक्त चामल हुम्लामा पठाउनका लागि भन्सार प्रक्रिया पूरा भइसकेको कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईका अनुसार यसपटकको चामल ढुवानी व्यवस्थित र प्रभावकारी बनाइएको छ, जसबाट हुम्लाका बासिन्दालाई राहत पुग्ने अपेक्षा गरिएको छ । उहाँका अनुसार, सरकारको पहलमा खाद्य आपूर्ति सहज बनाउने उद्देश्यसहित चामल ढुवानीको यो नयाँ मोडल अपनाइएको हो ।
लामा सुजना जेबिका समूहका सदस्य सुरेश थोक्राका अनुसार, केरुङ नाका प्रयोग गर्दा ढुवानी लागत कम पर्ने भएकाले यो मार्ग रोजिएको हो । उहाँका अनुसार, नेपाली कन्टेनरले चामल केरुङसम्म पु¥याएपछि चिनियाँ गाडीले त्यसलाई तिब्बती भूभाग हुँदै हिल्सा नाका पु¥याउनेछन् । त्यहाँबाट खच्चड र ट्याक्टरमार्फत सिमिकोट र नाम्खा गाउँपालिकामा पर्ने यालबाङ वितरण केन्द्रसम्म चामल पु¥याइने व्यवस्था मिलाइएको छ।

सरकारले खाद्य आपूर्तिलाई भरपर्दो र नियमित बनाउन हुम्लाका लागि वैकल्पिक मार्ग र विधिको प्रयोग गर्दै आएको छ । यसपटकको रसुवागढी–केरुङ मार्गको प्रयोगले खाद्यान्न ढुवानीमा समय, लागत र पहुँचको हिसाबले उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ ।