निजामती सेवा विधेयकमा अनधिकृत परिवर्तनप्रति शेखर कोइरालाको आपत्ति, पुरानै अवस्थामा फर्काउन माग


काठमाडौँ ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयकमा अनधिकृत रूपमा गरिएको परिवर्तनप्रति आपत्ति जनाएका छन्। सर्वसम्मतिबाट संसदमा पेस भएको विधेयकलाई स्वीकृत प्रक्रिया बिना परिवर्तन गर्नु गम्भीर अपराध र सांसदप्रति अपमान भएको उनको भनाइ छ।

उनले दोषीमाथि कडा कारबाही र परिवर्तन गरिएको व्यवस्था तत्काल फिर्ता गर्न माग गरेका छन्। साथै, ‘कुलिङ पिरियड’ बिना विधेयक अगाडि बढाउन नहुने उनले जिकिर गरेका छन् ।