काठमाडौं।
काठमाडौंको दरबारमार्गस्थित हिटीपोखरी नजिक निर्माणाधीन भवनमा लिफ्टको सिक्री चुँडिएर सोमबार साँझ दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका ३२ वर्षीय प्रदेशी चौधरी र बर्दियाका २२ वर्षीय विशाल चौधरी छन् ।
पोतला डेभलपमेन्ट प्रालिको निर्माणाधीन ९ तले पक्की घरको चौथो तलामा लिफ्टमा चढेर ग्रिज लगाउँदै गर्दा सिक्री चुँडिएर खस्दा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिनुभयो ।
उनीहरू निर्माणाधीन ९ तले भवनमा काम गर्दै आएका थिए । लिफ्टबाट खसेर गम्भीर घाइते भएका ती दुईको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो।











प्रतिक्रिया